Connect with us
Advertisement

एपीएफ पूर्वाञ्चललाई हराउँदै आयोजक फाइनलमा

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचामा भइरहेको प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम सेमीफाइनलबाट आयोजक फाइनलमा पुगेको छ ।

प्रस्तावित इन्द्रपुर रंगशालामा भएको खेलमा बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बल पूर्वाञ्चललाई शून्यका विरुद्ध १ गोल गरी आयोजक फाइनलमा पुगेको हो । खेलको दोस्रो हाफमा आयोजक मुस्लि युवा समूहका जर्सी नम्बर ११ का खेलाडी दिनेश चौधरीले गरेको गोल नै निर्णायक गोल हुन पुग्यो ।

आजको जीतसँगै आयोजक फाइनलमा पुगेको छ । यसअघि हिजोको खेलमा जीत दर्ता गर्दै फाइनलमा पुगेको भाङबाडी फुटबल क्लब झापासँग आयोजकले शनिबार फाइनल खेल खेल्नेछ । खेलको विजेताले नगद २ लाख तथा उपविजेताले नगद १ लाख रुपैयाँको साथमा शिल्ड र ट्रफी पाउने आयोजकले जनाएको छ । आजको खेलमा आयोजक टिमका जर्सी नम्बर ४ का खेलाडी विकास वन म्यान अफ द म्याच हुँदै नगद ३ हजार रुपैयाँ पाए ।

यसैबीच, भोलि प्रतियोगिताको मुख्य प्रायोजक पीएलओ लुब्र्रिकेन्टस र उद्योग वाणिज्य संघ कोशीहरैँचाबीच मैत्रीपूर्ण खेल हुने आयोजकले जनाएको छ ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बेंग्लुरु आईपीएलको प्लेअफमा, चेन्नेइ बाहिरियो

Published

on

लिग चरणको अन्तिम खेलमा चेन्नेइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंग्लुरु इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।

आफ्नै मैदानमा शनिबार राति भएको खेलमा बेंग्लुरुले चेन्नेइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

चेन्नेइ, दिल्ली र लखनउको पनि समान १४ अंक भए पनि नेटरनरेटमा तीन टिमलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।

२०१ रन बनाएर पराजित भएको भए पनि चेन्नेइ प्लेअफमा पुग्ने थियो । तर, २१९ रनको लक्ष्य पछ्याएको चेन्नेइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो ।

चेन्नेइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।

बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।

चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।

यसअघि आईपीएलको प्लेअफका चारवटै टोलीको टुंगो लागिसकेको छ ।

१९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् । यो पनि आजै टुंगो लाग्नेछ ।

आज दिउँसो पौने ४ बजे हैदराबादले पञ्जाबसँग खेल्नेछ भने राजस्थानले राति पौने ८ बजे कोलकत्तासँग खेल्नेछ ।

Continue Reading

Banner

इंग्लिस प्रिमियर लिग : सिटी लगातार चौथो उपाधिनजिक

Published

on

इर्लिङ हालान्डको दुई गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–० ले हराएको छ । जितसँगै सिटी लगातार चौथो लिग उपाधिको नजिक पनि पुगेको छ ।

Continue Reading

Banner

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ ।

Published

on

क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दा आजका लागि पेशी तोकिएको छ । गत वैशाख २३ गते लामिछानेको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासमा सुनुवाइका लागि परेको भए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक